Listen Radio Live

मुटुका विरामी वालकले १० हजार आर्थिक सहयोग पाए ।।


लक्ष्मी विजले
श्रावण १९, बैतडी
आर्थिक अभावमा मुटुको अप्रेशन गर्न नसक्दा जीवन मरणको दोसाधमा रहेका मुटु रोगवाट ग्रसित ५ वर्षिय वालकले आर्थिक सहयोग पाएका छन् । 
बैतडीको देहिमाण्डौ गाविस ८ मेल्लाउंमा मामाघर वस्दै आएका वसन्ती ऐरका छोरा संजिव ऐरले १० हजार रुपयां सहयोग पाउनुभएको हो ।
 ‘आर्थिक अभावमा बालकले उपचार पाएन’ शिर्षकको समाचार सौगात एफएमवाट प्रशारण तथा सौगात खवरबाट प्रकाशन भएपछि बैतडीका युवाले आर्थिक सहयोग गर्नु भएको हो । संजिवको मुटुको अप्रेसन गर्नु पर्ने भएपनि आर्थिक अभावले उपचार हुन सकेको छैन । 
 बैतडीको दशरथ चन्द नगरपालिका वडा नं. २ माडाला घर भई हाल ईटालीमा रहनुभएका रवी जोशीले सामाचार सुनेपछि सहयोग स्वरुप १० हजार रकम आर्थिक सहयोग गर्नुभएको हो ।
 बिपन्न बर्गको सिफारिस गर्न छोरा लिएर सदरमुकाम आएकी वसन्तीले छोरा बचाई दिन सहयोगको याचना गर्नुभएको थियो । छोराको उपचारको लागि आवश्यक  पहल चालिदिन जिल्लाका राजनीतिक दलहरु, सञ्चारकर्मी र स्थानिय निकाय र सहयोगीदाताहरुलाई गरेको अनुरोध सहित सौगात एफएम र सौगात खबरमा समाचार सम्पे्रषण गरिएको थियो । 
उहांको  अवस्था दयनिय देखेपछि जिल्ला विकास समितिको कार्यालय र केही स्थानियले थोरै रकम सहयोग गरेका थिए । पिडित वालकको उपचारका लागि रेडियो सौगात बैतडीले आर्थिक संकलन अभियान समेत थालेको छ ।
 रेडियोवाट सूचना प्रशारण गरि सहयोगका लागि सबैमा आग्रह गरेको छ ।
 संकलित रकम औपचारिक कार्यक्रमको आयोजना गरि सम्वन्धित व्यक्तिलाई हस्तान्त्रण गरिने रेडियोका अध्यक्ष वाशुदेव भट्टले वताउनुभयो ।
 कंचनपूर घर रहेकी वसन्ती ऐर श्रीमान तथा घर परिवारले वास्ता गर्न छोडेपछि बिगत ३ बर्षदेखी माइतीमा बस्दै आउनुभएको छ । संजिवका बुवा ज्ञोनेन्द्रबहादुर ऐर बेरोजगार छन । 
आफू र छोराको हेरचाह नगर्ने वास्ता गर्न छोडेपछि  बिगत ३ बर्षदेखी माइतीमा बस्दै आएको बशन्ती वताउनुभयो । 
गत जेठमा छिकेमीको सहयोगले छोरालाई शहीद गंगालाल राष्ट्यि ह्रदय केन्द्रमा उपचारको लागि लगिएको थियो । संजिवको मुटुको अप्रेसन गर्नु पर्ने भनेपछि समस्या थपिएको हो । 
 छोराको मुटु समान्यको भन्दा दुई गुना बढी एकोहोरो चल्ने गरेको वसन्तीले वताउनुभयो । 
 मुटु सुन्निने रोगको औषधी खुवाईरहेको भन्दै समयमै उपचार गर्न नसके भोली के हुन्छ चिन्ता लाग्न थालेको उहांले वताउनुभयो । पैसा जुटाउन सके छोराको रोग निको हुने आशा वोक्दै उहां सहयोगी हातको प्रतिक्षामा रहनुभएको छ ।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on