बैतडीको श्रीकोट–५ का करन भुलका १२ बर्षीय छोरा पुण्टे भनिने कृष्णराम भुल ८ दिनदेखी बेपत्ता छन । गत साउन १० गते घरबाट अचानक बेपत्ता भएका पुन्टे एक हप्ताभन्दा लामो समयसम्म सम्पर्कमा नआएपछि आफन्तले खोज तलासको लागि प्रहरी गुहारेका छन । गहुगोरो बर्णको पुन्टेलाई खोज्न उनका आफन्त इष्टमित्र सबै कहाँ खोज्दा समेत फेला नपरेको वुवा करनले बताएकाछन् । घरबाट अचानक हराएका उनी सदरमुकामस्थित होटलमा काम गरिरहेको भन्ने सुनेपछि यहाँ आएर खोज्दा नभेटिएको आफन्तले बताएका छन । ‘होटलमा छ भन्ने सुने तर यहाँ पनि भेटिएन’ काका करनले भन्नुभयो । सबैतिर खोजीसक्यौ फेला भेटिएको छैन । बेपत्ता बालकको खोजीकार्य भइररहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment