१० वर्ष अगाडिसम्म साइबर क्याफेमा गएर इन्टरनेट चलाउनेहरू झुम्मिने याहुको म्यासेन्जर थियो । इन्टरनेट शुल्क महँगो भए पनि विभिन्न ग्रुपमा गएर च्याट गर्न र इमेल चलाउन धेरैले याहुबाट सिकेका थिए संसारभर इन्टरनेट सेवामा राज गरेको याहु बिक्री भएको छ । कुनै समय इन्टरनेट सेवामा अधिपत्य जमाएको अमेरिकी कम्पनी याहु चार अर्ब ८३ करोड अमेरिकी डलरमा बिक्री भएको छ । अमेरिकन कम्पनी भरिजनले याहुलाई लामो समयको प्रक्रियापछि खरिद गरेको हो । याहुले बिक्रीका लागि लिलाम बढाबढमा लगेको थियो ।सबैभन्दा बढी मूल्य प्रस्ताव गरेपछि भरिजनले याहुको स्वामित्व लिने भएको हो । यसलाई सन् १९९४ स्टान्डफोर्ड विश्वविद्यालयका दुई जना विद्यार्थी जेरि योङ र डेबिड फेलोले सुरुवात गरेका थिए। इन्टरनेट व्यवसायमा लामो समय अधिपत्य जमाएको याहु पछिल्लो समय गुगल,फेसबुक, ट्विटरलगायत नयाँ कम्पनीको आगमन भएपछि ओरालो लाग्दै गएको थियो । सन् २००८ मा माइक्रोसफ्टले ४४ अर्ब अमेरिकी डलरमा याहुलाई खरिद गर्ने प्रस्ताव राखे पनि यसलाई याहुले स्वीकार गरेको थिएन । डिलपछि म आज निकै खुसी छु । आज याहुका लागि निकै ठूलो दिन हो’, याहुकी सीईओ मारिसा मेयरले टम्बर बल्गमा पोस्ट् गर्दै भनेकि छन् । उनले आफू कम्पनीमा रहिरहने बताए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने स्वामित्वको आधिकारिक हस्तान्तरणपछि उनले पद छाड्ने जनाएका छन् । पूर्णरूपमा स्वामित्व हस्तान्तरण सन् २०१७ को अन्त्यसम्ममा हुने बताइएको छ । भरिजनले याहु खरिद गरेपछि २० वर्षदेखिको बजारमा उसको अधिपत्य सकिएको छ । कम्पनी सञ्चालन गर्न याहुको कम्पनीको कुनै अस्थित्व नरहेने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खासगरी इन्टरनेट कम्पनीमा अरु कम्पनी आएको र त्यो अनुसार परिवर्तन नगर्दा याहुको भविष्यमाथि धेरैनै प्रश्न थियो । याहुसँग अब याहु जापानमा ३५.५ प्रतिशत र चिनियाँ कम्पनी अलिबाबामा १५ प्रतिशत सेयर छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment