कार्तिक १९, कैलाली ।
कैलालीका दुई छुट्टाछुट्टै स्थानमा भएका सडक दुर्घटनामा परि एक जनाको ज्यान जानुका साथै थप ३७ जना घाइते भएका छन् । ती मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार काठमाण्डौंबाट धनगढीतर्फ आउदैै गरेको ना ४ ख ३८९२ नम्बरको रात्रि वसले आज विहान ११ बजेतिर अत्तरिया–धनगढी सडक खण्डमा रहेको अत्तरिया नगर पालिका कार्यालय नजिकै ठक्कर दिदाँ अत्तरिया नगरपालिका वडा नं. १ मालाखेतीका १३ वर्षीय सुरज धामीको घटना स्थलमै ज्यान गएको हो । बस र चाकल जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा रहेको छन् ।
यसैबीच मसुरिया गाविस वडा नं. ३ बसन्तपुरबाट टीकापुर पार्कमा पिकनिक खान आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर मा सवार ३७ जना घाइते भएका छन् । घाइते मध्य ८ जनाको अवस्था गम्भीर रहेको छ । घाइते मध्ये ३१ जनालाई टीकापुर अस्पताल र अन्य ६ जनालाई लम्कीस्थित लालरत्न अस्पतालमा भर्ना गरिएको छ । टीकापुरमा भर्ना भएका ६ र लम्कीमा भर्ना भएका २ जनालाई नेपालगञ्ज रिफर गरिएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार लम्की टीकापुर सडक अन्र्तगत पर्ने दुर्गौली गाविस वडा नं.–३ तोरैयाँपुरमा आज विहान पौने ८ बजे से १ त ८६१३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । तोरैयाँपुर पुल नजिकै मोडमा ट्याक्टर अनियन्त्रित भइ पल्टिएर सो दुर्घटना भएको दुर्घटनाकी एक घाइतेले रेडियो नमस्तेलाई जानकारी दिएकीछिन् । उक्त दुर्घटनामा घाइते भएका अधिकाँश महिला रहेका छन् । टीकापुर अस्पतालमा उपचार भर्ना भएका मध्ये २७ वर्षीय टयाक्टर चालक विष्णु चौधरी, २५ वर्षीय जीतबहादुर मत्री, १८ वर्षीय हर्क मत्री, २९ वर्षीय खेम जेठारा, १८ वर्षीया जानकी मत्री, १६ वर्षीया बिमला बिष्ट, १७ वर्षीया प्रतिक्षा मत्री लम्कीमा भर्ना भएका १८ वर्षीया धना जेठारा र १५ वर्षीया पार्वती मत्रीलाई थप उपचारका लागि रिफर गरिएको हो । अधिकाँशको टाउको र अनुहारमा चोट लागेको छ भने कतिपयका हाँत भाँच्चिएका छन् ।
त्यस्तै उक्त दुर्घटनामा परि मुसरिया गाविस वडा नं. ३ बसन्तपुरका मीना बोहरा, विष्णु मन्नी, कमला बोहरा, लक्ष्मी भाट, जमुना बोहरा, निर्मला ताडी, खगेन्द्र मत्री, चम्फा भाट, गंगा जेठारा, गंगा भाट, अमर धामी, नन्दाराम भाट, सरस्वती बोहरा, पवित्रा मत्री, कृष्णा मत्री, दानबहादुर बोहरा, गणेश मत्री, पार्वती ताडी, शारदा मत्री, लक्ष्मी ताडी, खेमा ताडी, आशिष ताडी, लोकेन्द्र ताडी, दीपक भाट र रतन श्रीमलको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।
उता लम्कीस्थित लालरत्न अस्पतालमा यशोदा भाट, विशाल भाट, हेमा जेठारा र गौरव भाटको उपचार भइरहेको छ । उता कैलालीको पहलमानुपर गाविस वडा नं. २ आमखैया नजिकै गए राति जिप र मोटरसाइकल एकआपसमा टक्कराउँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् भने मसुरिया गाविस वडा नं.–४ बढैपुरमा हिजै साँझ छाडा गाईसँग स्कुटर ठोक्किदाँ २ जना घाइते भएका छन् । पछिल्लो पटक कैलालीमा सडक दुर्घटना अप्रत्याशित रूपले वृद्धि भएको छ ।
0 comments:
Post a Comment