Listen Radio Live

वैदेशिक रोजगार विभागका शाखा अधिकृत १० लाख घुससहित पक्राउ

काठमाडौं – वैदेशिक रोजगार विभाग, काठमाडौंमा कार्यरत एक शाखा अधिकृत १० लाख घुस सहित पक्राउ परेका छन् ।
शाखा अधिकृत रमेश लामीछाने र र शिक्षक अनिल पौडेललाई घुस रकम सहित
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।
लामीछानेले कानुन वमोजिम प्रकृया पुरा भई दर्ता गर्नुपर्ने म्यानपावर कम्पनी संग कम्पनी दर्ता प्रमाण पत्र लिने प्रयोजनका लागि बिभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने अख्तियारमा उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा आधारमा आयोगबाट खटिएको टोलीले लामीछाने र घुस रकम लिन सहयोग पुर्याउने शिक्षक पौडेललाई घुस रकम सहित पक्राउ गरेको थियो ।
दुवै जना घुस रकम लिइसकेको अवस्थामा बानेश्वर, विजुलीवजारस्थित राजधानी रेष्टुरेन्ट अगाडीबाट १० लाख सहित पक्राउ परेका हुन् ।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on