Listen Radio Live

फेसबुकको प्रयोगले आधुनिक शिक्षा अभियान


प्रेमनारायण आचार्य। 
अर्घाखाँची, साउन १८ – सामाजिक सञ्जाल फेसबुकको प्रयोगबाट अर्घाखाँचीमा आधुनिक शिक्षा अभियान सुरु गरिएको छ । आफूसँग भएका कुराको सहि प्रयोग गर्न जाने फाइदा हुन्छ भन्ने कुराको उदाहरण भेटिएको छ ।प्रविधिमा पहुँच भएकाको खुसी साट्ने र बिरह पोख्ने माध्यम बनेको छ सामाजिक सञ्जाल । सामाजिक सञ्जालको नकारात्मक प्रयोग गरेको भन्दै साइबर क्राइम अन्तर्गत सयाैँ मानिस सजायको भागिदार बनिरहेका छन् । यस्तोमा अर्घाखाँचीका युवाले भने फरक सुरुवात गरेका छन् । 
फेसबुकबाटै अर्घाखाँचीमा आधुनिक शिक्षा अभियान सुरु भएको हो । फेसबुक पेजको सहायता र फेसबुक अनलाइनमा च्याटमा गरिने कुराको माध्यमबाट आधुनिक शिक्षा अभियान सुरु गरिएको हो । न त कुनै सरकारी बजेट न त देशी तथा विदेशी संस्थाको सहयोग । मात्र देश विदेशसमा रोजगारीको सिलसिलामा छरिएर रहेका युवाको सक्रियता । 
उनीहरुले सामाजिक सञ्जाल फेसबुककै प्रयोग गरेर अर्घाखाँचीका सम्पूर्ण विद्यालयमा बैज्ञानिक र कम्प्युटर शिक्षा प्रदान गर्न आधुनिक शिक्षा अभियान सञ्चालन गरेका छन् । उनीहरुले कम्प्युटर शिक्षा प्रदान गर्नका लागि सहयोग जुटाउने अभियान फेसबुकमा सञ्चालन गरेका छन् ।
एक वर्षअघिदेखि फेसबुकको प्रयोग गरेर सञ्चालन गरिएको अभियानले सार्वजनिक उच्च मावि छत्रगञ्ज, सुधा उच्च मावि जुकेना, ज्ञानप्रकाश मावि सल्लिकोट डिभर्ना, सरस्वती मावि सितापुर, शिबमदन उमावि सतिनेटा, नुवाकोट मावि चिदीचौरमा शैक्षिक सामाग्री हस्तान्तरण गरिसकेको छ । सबै विद्यालयलाई १०/१० वटा कम्प्युटर सहयोग गरेको सहयोग अभियानका महासचिव सुदन खड्काले बताउनु भयो।
अभियानका परिकल्पनाकार राजु खड्काले विदेशमा रहेका नेपाली युवाको सहयोगमा विद्यालयलाई मद्धत गरिरहेको बताउनु भयो । कम्प्युटर र प्राविधिक शिक्षा नहुँदा नेपालीहरु विदेशिन परेको र विदेशमा पनि राम्रो काम पाउनका लागि प्रविधियुक्त शिक्षा आवश्यक रहेकोले अभियान सुरु गरेको खड्काले बताउनु भयो ।
आफूले जस्तै सिप र प्रविधि नजान्दा विदेशमा गएका नेपाली खास गरि अर्घाखाँचीका युवाले पाएको दुःख र कष्ट अबका पिढीले ब्यहोर्न नपरोस् भनेर आधुनिक शिक्षा अभियान सञ्चालन गरेको खड्काको भनाई छ । 
जसले जहाँबाट सहयोग जुटाए पनि सहयोग गर्ने मानिसको नाम र सहयोग रकम फेसबुक पेजमा नै राखिन्छ । कसले कहाँबाट कति सहयोग गर्यो भन्ने पनि फेसबुकबाट नै थाहा हुन्छ । पारदर्शी पनि हुने, सहयोग पनि जुट्ने अति सरल र उपयुक्त माध्यम बनेको छ यो अभियानमा फेसबुक ।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on