लक्ष्मी विजले/ कार्तिक १९, बैतडी ।
बैतडी जिल्लामा २२ हजार ४ सय २० दशमलव ४१ मेट्रिकटन खाद्यान अपुग रहेको जिल्ला कृर्षि विकास कार्यालयलेको तथ्याङ्कले देखाएको छ । जिल्लामा ५० हजार ६ सय ७५ दशमलव ३२ मेट्रिकटन खाद्यान आवश्यक रहेकोमा अहिले खाद्यान उत्पादन स्थित २८ हजार २ सय ५४ दशमलव ४१ मेट्रिकटन रहेको कार्र्यालयको तथ्याङ्कले देखाएको छ ।

बैतडीमा ७ गाविस खाद्य उच्चतम खाद्य असुरक्षित अवस्थामा रहेका छन् । खाद्य उपलब्धता, खाद्यमा पहुँच, खाद्यको उपभोग तथा निरन्तरतामा आधारित रहेर विभिन्न १७ ओटा सूचकका आधारमा गाविसको खाद्य सुरक्षाको अवस्था बिश्लेषण गर्ने गरिन्छ । यी गाविसमा सुख्खा खडेरीका कारण हिउँदेबालीको उत्पादन ह्रास हुनु, घरधुरीको खाद्य संचित घटनु,मानिसलेहरुले जीवन निर्वाहका लागि वैकल्पिक उपाय अपनाउनुपर्ने अवस्था आएकाले ती गाविसहरु उच्चस्तरीय खाद्य असुरक्षित गाविसमा रहेका छन् ।
नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली अन्तर्गत गाविसको खाद्य सुरक्षाको अवस्था पत्ता लगाइने जिल्ला कृषि विकास कार्यालय बैतडीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिनुभयो । सूचकहरुलाई बिश्लेषण गर्दा आमचोरा, शिवनाथ कुलाउ, शर्माली उदयदेव , पंचेश्वर, र महाकाली उच्चतम खाद्य असुरक्षित गाविसको सूचीमा परेका छन् ।
यस्तै २९ गाविस मध्यम स्तरिय खाद्य असुरक्षित अवस्थामा छन् भने दशरथ चन्द नगरपालिका सहित २७ गाविस सामान्य खाद्य सुरक्षित अवस्थामा रहेको जिल्ला कृर्षि विकास कार्यालय र जिल्ला खाद्य सुरक्षा संजाल बैतडीले जनाएको छ ।
0 comments:
Post a Comment