Listen Radio Live

कसरी गर्ने इ कमर्शमा खरिद बिक्री ?

अनलाइन सपिङको लागि तपाइसग इन्टरनेट सहितको मोवाइल भए पुग्छ । मोवाइलमा आफुलाइ चाहिएको प्रडक्टहरु छान्दै अर्डर गर्न सक्नुहुन्छ । तपाइले छानेको वा अर्डर गरेको सामान तपाइकै घरमा ल्याइदिने सुविधा पनि हुन्छ । सामानको पैसा प्रयोग गरिएको कुनै पेमेन्ट गेटवे मार्फत अनलाइनमै तिर्दा पनि हुन्छ नत्रघरमै सामान ल्याएर आउनेलाइ दिदा(क्यास अन डेलिभरी) पनि हुन्छ ।
कुनै पनि ईन्टरनेट बिजनेस कम्पनीहरू बिचमा सरसामन तथा सेवाहरू आदन प्रदान हुन्छ भने त्यस लाई B2B इकमर्स भनिन्छ । यसैगरि इकमर्स प्रयोग बड्दै जाने हो भने B2B को आम्दानी B2C को भन्दा बडी हुने अनुमान् इकमर्स बिधाहरूले गरेका छन् । यसरी ईन्टरनेटबाट समान खरिद बिक्रि गर्दा ईन्टरनेटबाट नै आर्थिक कारोबार हुन्छ ।
अहिलेको विश्वमा प्रख्यात माध्यमहरू पेपाल, मास्टर कार्डहरु रहेका छन् । दुबैले क्रेडिट कार्ड तथा बैंक ट्रान्स्फर पनि लिने गर्दछन । तर नेपालमा पेमेन्ट गेटवेको अन्तराष्ट्रिय सुविधाहरु छैन । स्थानियस्तरमा इसेवा, आइपे, एनपे, एसपे जस्ता पेमेन्ट गेटवेहरु रहेका छन ।
यसरी अनलाईनबाट आर्थिक करोबार गर्दा आर्थिक सुरक्षालाई प्रमुख मात्रु पर्ने हुन्छ । ईन्टरनेट ब्राउजरद्वारा पब्लिक कि पास गरेर सुरक्षा उपाय अपनाउन सकिन्छ जसको लागि पब्लिक कि इनक्रिप्ट हुन पर्दछ । क्रेडिट कार्ड प्रयोग गरेर समान किनिन्छ भने यसको सुरक्षामा पनि ध्यान पुराउन अपरिहार्य हुन आउछ । क्रेडिट  कार्ड उपलब्ध गराउने कम्पनीले कुनै न कुनै उपाय अपनाइएका हुन्छन् जस्तै कुनै भेरीफिकेसन नम्बर पठाएर,लगइन गरेर आदि ।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on