Listen Radio Live

रोहित शर्मा बाहिर, हार्दिक पाण्ड्यालाई मौका

इङ्ल्यान्डविरूद्धको टेस्ट शृंखलाका लागि भारतीय टोलीको बुधबार घोषणा भएको छ। जसमा रोहित शर्मा, लोकेश राहुल र शिखर धवन टिमबाट बाहिरिएका छन्। यी तीनै खेलाडी चोटग्रस्त थिए।

भारतीय टिमको कप्तानी विराट कोहलीले नै गर्ने छन्। प्रारम्भिक ब्याट्सम्यानको रुपमा मुरली विजय र गौतम गम्भीरलाई मौका दिइएको छ। घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका गम्भीर लामो समयपछि टोलीमा फर्किएका हुन्। यी दुइसँगै करुण नायरलाई पनि ब्याट्सम्यानको रुपमा मौका दिइएको छ। 
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on