इटहरी । सुनसरीका प्रमुख जिल्ला अधिकारी माेहन चापागार्इले काेशी ब्यारेजमा अन्तराष्ट्रिय अातंकवादीहरूले क्षती पूर्याउने सम्बन्धी कुनै धम्की नअाएकाे स्पस्ट पारेका छन । प्रमुख जिल्ला अधिकारी चापागार्इले बिहारबाट अाएकाे पत्रमा समेत त्यस्ताे हमला सम्बन्धी कुनै ठाेस कुरा उल्लेख नभएकाे बताए । भारतको बिहारअन्तरगत सुपौलका डिस्टि्रक्ट मेजिष्ट्रेड बैजनाथ यादवको पत्र अनुसार सुनसरीकाे काेशी ब्यारेज र सप्तरीमा खतरा छ भनेपछि साे स्थानहरूमा शुरक्षा सर्तकता मात्र अपनार्इएकाे प्रमुख जिल्ला अधिकारी चापागाइले बताए ।चापागार्इका अनुसार नेपालका दुर्इ जिल्लामा शुरक्षा सर्तकता अपनाइदिन भारतकाे वीरपुर सिँचाइ विभागबाट पत्र अाएकाे तर अाइएस वा कुनै अातंकवादकाे निसानामा सप्तकाेशीकाे पुल रहेकाे स्पस्ट साे पत्रमा नभएकाे बताए । नेपालमा अहिले सम्म अाइएस वा त्यस्ताे कुनै अन्तराष्ट्रिय अातंकवादीकाे संगठनले धम्की तथा कुनै अप्रिय घटना गराएकाे अवस्था नरहेकाे बताउदै सुनसरीकाे प्रमुख जिल्ला अधिकारी चापागार्इले बिरपुर सिचाइ अायाेजनाले पठाएकाे पत्रकाे बैधानिकतामाथी प्रश्न खडा भएकाे बताए ।
यता सप्तकाेशी पुल अन्तराष्ट्रिय अातंकवादीकाे निसानामा रहेकाे हल्ला पछि अपनाइएकाे शुरक्षानीतिका कारण नेपाली जनताले पाउनु दुख पाएका छन । ज्ञानेन्द्रकाे पालामा जसरी अहिले काेशी ब्यारेक हुदै सप्तरी अावतजावत गर्ने सवाीसाधन र यात्रुहरूमाथी कडा चेकजाच थालिएकाे छ । चेकजाचकाे क्रममा प्रहरीले सवारीसाधनहरूमा भएकाे झाेला खाेतलने देखी यात्रुहरूमाथी दुर्ब्यवहार समेत गर्दै अाएकाे बिराटनगर – सप्तरी रूटमा सञ्चालन हुने संयुक्त बस यातायातका मज्दुरले अाफ्नाे नाम नबताउने सर्तमा पूर्वेलीलार्इ बताए ।
यता ५६ ढाेका भएकाे सप्तकाेशी ब्यारेज अन्तराष्ट्रिय अातंकवादकाे निसानामा रहेकाे सन्त्रास फैलाएर भारतले काेशी ब्यारेज क्षेत्रमा हतियार सहित अाफ्नाे शुरक्षाकर्मीहरूकाे बाक्लाे उपस्थिती देखाएकाे छ । भारतले काेशी ब्यारेजकाे वारी र पारी शुरक्षाकाे नाममा अाफ्नाे उपस्थिती बढाएकाे देखीएकाे छ । हाल काेशी दुवैपट्टी भारतले हतियार सहित एसएसबी खटाएकाे छ भने शुरक्षा चेकजाचमा समेत उतीकै कडाइ थालेकाे छ ।
0 comments:
Post a Comment