Listen Radio Live

नयाँ एक्सरे मेसिन जडान, दुई महिनादेखि अवरुद्ध सेवा सुचारु


लक्ष्मी विजले/कार्तिक १९, बैतडी ।
जिल्ला अस्पताल बैतडीमा एक्सरे मेसिन जडान गरिएको छ ।  स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य विभागको सहयोगमा एक्स–रे मेसिन जडान गरिएको हो । १८ वर्ष पुरानो एक्सरे मेसिन विग्रिए पछि आज नया मेसिन जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला अस्पताल बैतडीमा जडित
नयाँ एक्सरे मेसिन ।
 बिरामीलाई छिटो र छरितो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले लामो प्रयासपछि एक्स–रे मेसिन जडान गरिएको अस्पतालका मेसु डा गुणराज अवस्थीले वताउनुभयो ।
नया एक्सरे मेसिन जडान संगै आजै देखी सेवा सुचारु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भुवन जोशीले वताउनुभयो ।  पूरानो एक्सरे मेसिन बिग्रिदा दुई महिना एता जिल्ला अस्पतालको सेवा प्रभावित भएको थियो ।
एक्सरे मेसिन नहुंदा अस्पतालमा भर्ना गरिएका विरामीहरुको जिल्लामै उपचार सम्भव भएपनि एक्सरे नहुँदा रेफर गर्नुपर्ने वाध्यता रहेको थियो ।  एक्सरे मेसिन जडान गरिएसंगै सेवामा सहजता आउने विश्वास गरिएको छ ।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on