Listen Radio Live

आर्थिक अभावमा उपचार नपाउंदा बालकको विचल्ली ।।

 लक्ष्मी विजले,
बैतडी,साउन १६ - आर्थिक अभावमा उपचार गर्न नसक्दा मुटुका बिरामी एक बालकको बिचल्लीमा परेका छन् । खर्च अभावमा देहीमाण्डौ–८ मा बस्दै आएका बशन्तीदेवी ऐरका ५ बर्षीय छोरा संजिवको उपचार हुननसकेको हो । परिवारलेवास्तानगरेपछि छोरा सहितमाइतीमा बस्दै आएकी ऐरकाअन्य परिवार झलारी पिपलाडी नगरपालिका–११ कञ्चनपुरमा बस्ने गरेका छन । घरको आर्थिक अवस्थाकमजोर भएपछि बिरामी छोरा सहितउनीमाइतीको आश्रयमा बस्दै आएकी छिन । माइतीको अवस्थापनिझननाजुक छ ।  छोराको जीवनजोगाईदिनउनले हारगुहार गरेकी छन । संजिवकाबुवा ज्ञोनेन्द्रबहादुर ऐर बेरोजगार छन । मेरो र छोराको हेरचाहनगर्ने वास्तागर्न छोडेपछि  बिगत ३ बर्षदेखीमाइतीमा बस्दै आएको बशन्तीले बताइन । माइतीको अवस्थापनिदयनिय छ । घरमाआमामात्रै एक्लै छन ।उनले भनिन ‘हामीदुई बहिनीमात्रै हौ दुवैको बिहेपछि माइतीमाआमाएक्लै मात्रै छन ।’  घरपरिवारले वेवास्तागर्दा छोराको उपचार गर्न नसकेको उनले बताइन । ‘माइतीमाकोही छैन घरकाले नहेर्दा छोराको उपचार हुन सकेको छैन’ उनले भनिन् । गत जेठमाछिकेमीको सहयोगले छोरालाई शहीदगंगालालराष्ट्यि ह्रदय केन्द्रमाउपचारको लागिलगिएको थियो । आर्थिकअभावलेउपचारहुन सकेको छैन । संजिवको मुटुको अप्रेसन गर्नु पर्ने भनेपछि उनी समस्यामा छिन ।उपचार गर्न उनीसँग पैसा छैन । बिपन्न बर्गको सिफारिस गर्न सदरमुकामआएकीउनी छोरा बचाई दिनसहयोगको याचना गर्छिन। उनले छोराको उपचारको लागिआवश्यकपहलचालिदिनजिल्लाका राजनीतिकदलहरु, सञ्चारकर्मी र स्थानियनिकाय र सहयोगीदाताहरुलाई अनुरोध गरेकी छन्। उनको अवस्था देखेपछि केही स्थानियले थोरै रकम सहयोग गरेका छन । उनीसँग छोराको उपचारको लागि अस्पतालजाने पैसा पनि छैन । यहाँबाट काठमाण्डौ पुग्न समस्या छ । उपचार गर्न जादाँ छोरासँगजाने कोही छैनन । उनले भनिन ‘पैसाको अभावएकातिर छ अर्कोतिर अस्पताल पुर्याईदिने आफनो कोही छैन ।’ उनले दुखेसो पोखिन् । छोराको मुटु समान्यको भन्दादुई गुना बढी एकोहोरो चल्ने गर्छ। मुटु सुन्निने रोगको औषधीखुवाईरहेकी छु समयमै उपचार गर्न नसके भोली के हुन्छ चिन्तालाग्नथालेको उनले बताइन। मुटुको समस्याले छोराको मानसिकविकास पनि राम्ररी भएको छैन सानैमा यस्तो जटिल रोगले समातेपछि छोराको स्वास्थ्यबिग्रर्दै गएको उनले बताइन।


मुटु सुन्निने समस्याले ग्रसित  ५ बर्षे छोरा संजिवसँगै आमा बशन्तीदेवी ऐर । 
तस्विरः बिरा गडाल÷नागरिक
रोगपनिगरिवलाई मात्रै लाग्ने रहेछ बशन्तीले भनिन छोराको उपचारको लागिभौतारिदै छु । पैसाजुटाउन सके छोराको रोग निको हुन्थ्यो कीआशापलाएको छ ।सहयोगीहातको प्रतिक्षामाउनी छिन । देहीमाण्डौस्थितबिद्यालय र स्थानियबजारमा केही रकम उठेको छ तर त्यो उपचारको लागि काठमाण्डौ जानप्रयाप्त छैन । अस्पताल पुग्ने खर्च नै छैन फेरि उपचारमाकतीखर्च लाग्छउनले अनुमान नै गर्नसकेकी छैनन । बशन्तीले भनिनपति सम्पर्क विहीन छन  परिवारले सहयोग जुटाउन साहयता गरेका छैनन । एक पटक मात्रै छोरालाई उपचारको लागि काठमाण्डौ लगेकाउनका परिवार आजभोली सहयोग गर्न छोडेको उनले बताइन ।उपचारको लागि एक महिनाजती अस्पतालमै राख्नुपर्ने  बताएपछि उनी छोराको उपचार खर्च जुटाउन र बिपन्नको सिफारिस लिन सदरमुकाम पुगेकीहुन् । छोराको उपचार रकम जुटन सके नयाँजीवनपाउनआशाबशन्तीले गरेकी छिन ।सहयोग रसिदलिएर उनीजिल्लास्थितविभिन्ननिकायमा छोराको उपचारको लागि सहयोगको याचनागर्न थालेकी छिन । छोराको उपचारको लागि सहयोग जुटाई जीवनजोगाईदिनउनले सबैसँग गुहार गरेकी छिन ।

Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on