Listen Radio Live

डाँगिहाट ए सेमिफाइनलमा प्रवेश

लक्ष्मीमार्ग / डागिहाटको प्रस्थापित रंगसाला भाउन्ने स्थीत पहिलो पटक शनिवार देखी १५ सम्म डाँगिहाट गोल्डकप सुरु भएको छ ।डाँगिहाट फुटवल क्लवको आयोजनामा शुरु भएको गोल्डकपको उदघाटन खेलमा लेटाङ फुटवल क्लव र आयोजक डाँगिहाट फुटवल क्लव ए विच भएको खेलमा उर्लावारी एकको बिरुद दुई गोल अन्तरले विजयि भएको छ ।
खेल सुरु भएको १४ मिनेटमै डाँगिहाटका नगेन्द्रमणि लिम्बुले गोल गरेर खाता खोलेका थिए त्यसैगरी १७ मिनेटमा लेटाङका सुमन लिम्बुले पनि खाता खोले । खेलको अन्त्य सम्म खेल बराबरी भएपछि पेनाल्टी सुट आउट मार्पmत डाँगिहाट बिजयी भएको हो ।
खेलको म्यान अफ द म्याच डाँगिहाटका गोल रक्षक दिनेश थापामगर भएका छन् । आयोजक अध्यक्ष छत्र लिब्बुका अनुसार प्रथम पुरस्कार नगद रु ५१ हजार रहेको छ । यस गोल्डकपमा राष्ट्रिय स्तरका चर्चित खेलाडिहरु समेतको सहभागिता रहेको छ । बुधवार हुने सेमिफाईनलमा पथरी स्पोर्टस क्लव र उर्लावारी फुटवल बिच हुदैछ ।


Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on