Listen Radio Live

जापानमा अन्धाधुन्ध चक्कु आक्रमण गरी १९ को हत्या

काठमाडौं, साउन ११ । जापानको टोकियो नजिकै रहेको मानसिक अपांगता भएका व्यक्तिहरुका लागि बनाइएको आवासीय क्षेत्रमा एक व्यक्तिले चक्कुले आक्रमण गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।
मानसिक अपांगता भएकाहरुको रेखदेखका लागि सागमिहारामा बनाइएको आवास क्षेत्रमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा अन्य २६ जना घाइते भएका छन् ।
घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । राजधानी टोकियोबाट ४० किलोमिटर दक्षिण पश्चिममा रहेको आवासीय केन्द्रमा प्रवेश गरेर चक्कुले आक्रमण गर्ने २६ वर्षीय सातोशी उएमाट्सुलाई प्रहरीले पक्राउ गरेको छ ।
उनी रेखदेख केन्द्रका पूर्व कर्मचारी रहेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । पक्राउ परेका उएमाट्सुले रेखदेख केन्द्र नजिकै रहेको प्रहरी चौकीमा गएर आफूले आक्रमण गरेको भन्दै अपराध स्वीकार गरेको बताइएको छ ।
आक्रमण के कारणले गरियो भन्ने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (एजेन्सी)

Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on