लक्ष्मी विजले,
२४ श्रावण बैतडी ।
जिल्लामा रहेका सरकारी कार्यालयहरुको आर्थीक वर्ष २०७२÷०७३ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
जिल्ला विकास समितिको आयोजनामा सम्पन्न गोष्ठीमा विभिन्न विषयगत कार्यालयका प्रमुखहरुले कार्यालयले गत आर्थिक वर्षमा गरेको प्रगति विवरण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला कृर्षि विकास कार्यालय, जिल्ला वन, जिल्ला स्वास्थ्य कार्यालय, विद्युत प्राधिकरण, सडक डिभिजन कार्यालय, जिल्ला पशुसेवा कार्यालय, महिला तथा बालबालिका कार्यालय, भूसंरक्षण, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सिचाई कार्यालय, सहकारी डिभिजन कार्यालय, लगायतका सरकारी कार्यालयले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थिए ।
सहभागि सरोकारवालाहरुले विगतको तुलनामा सरकारी कार्यालयको वार्षिक प्रगति सन्तोषजनक रहेको बताएका थिए । कार्यक्रममा बोल्दै पूर्व जिविस सभापति परमानन्द भट्टले जिल्लाका अधिकांस सरकारी कार्यालयका कार्यहरु तुलनात्मक रुपमा सन्तोषजनक रहेको वताउनुभयो ।
वहुवर्षिय योजनाहरुमा सम्झौंता गरेको दुई वर्ष सम्म पनि ठेकेदारले काम नगर्ने परिपाटि हटाउन सम्वन्धित निकाय चनाखो हुनुपर्ने वताउनुभयो ।
विकास निर्माणका कार्यहरु समयमा सम्पन्न नगर्ने प्रवृति कायमै रहेको वताउनुभयो । आर्थिक वर्षको अन्त्यतिर आएर विकास निर्माणका कार्यहरु गर्ने र अनुगमन पनि सोहि अवधिमा गरिनाले पनि योजनाहरु प्रभावकारी हुन नसकेको उहांको तर्क थियो ।
विद्युत प्राधिकरण बैतडी वितरण केन्द्र, सडक कार्यालय लगायतका कार्यालयहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको सहभागिहरुको गुनासो थियो ।
कायक्रममा वोल्ने अधिकांश वक्ताहरुले वांडेन नमिल्ने भएपनि एक लाख, डेढलाख सम्मका टुक्रे योजना धेरै भएकाले पनि जिल्लाको विकास हुन नसकिरहेको वताएका थिए । कम्तिमा पनि १० लाख भन्दा घटिका योजना वांडफांड गरिन नहुने कार्यक्रमका सहभागिहरुले वताएका थिए ।
अहिले जिल्लामा निर्माण सम्पन्न भएका योजनाहरुमा पनि पार्दर्शिताको कमी भएको सहभागिहरुको गुनासो थियो । यस्तै जिल्ला पशु सेवा कार्यालयले पशुहरुमा लाग्ने विभिन्न किसिमका रोग नियन्त्रणका लागि कार्यक्रम संचालन गर्नुपर्ने वताएका थिए ।
रोग पहिचान हन नसकेर ५० औं हजार लगानी गरेका भैंसिहरु मरिरहेका अवस्थामा जिल्ला पशुसेवा कार्यालय वाख्रा वितरणमा लागेको आरोप लगाएका थिए । धेरै जसो कार्यालयहरुका कार्यक्रमहरु जुधेको भन्दै कार्यक्रम संचालन गर्दा सरकारी निकायविच समन्वय हुनुपर्ने वताएका थिए ।
जिल्लाका विषयगत कार्यलयका प्रमुखहरुले प्रस्तुत गरेका प्रगति विवरणमाथि राजनैतिक दलका नेता, नागरिक समाज, पत्रकार लगायतले जिज्ञासा राखेका थिए ।
स्थानीय विकास अधिकारी खेमराज विष्टको अध्यक्षतामा समिक्ष गोष्ठी सम्पन्न भएको हो ।
समिक्षा गोष्ठीमा जिल्ला खानेपानी कार्यालय, शहरी निर्माण बिभाग डिभिजन कार्यालय, जल उत्पन्न प्रकोप नियन्त्रण, सुख्खा फलफूल केन्द्र लगायतका कार्यालय उपस्थित भएनन् ।

0 comments:
Post a Comment