Listen Radio Live

बिजुक्छेको लाइनमा मधेशी मोर्चा ! सरकारलाई तीन महिनाको अल्टिमेटम

काठमाडौं– माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थक बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा व्यवस्थापिका संसदमा प्रतिपक्षमा बस्ने भएको छ ।
प्रचण्ड नेतृत्वको सरकार गठनमा महत्वपूर्ण भूमिका खेलेका मधेशी मोर्चाले शुरुमा सत्तापक्षमै बस्ने निर्णय गरेका थिए । तर, मधेशी मोर्चामाथि सत्ताधारी दल र सरकारमा जान लागेको भन्दै आलोचनापछि मोर्चाले विपक्षी बेन्चमा बस्ने मनस्थिति बनाएको हो । साउन २६ मा बसेको संघीय गठबन्धनको बैठकले प्रतिपक्षमा बस्ने निर्णय लिएको छ ।
प्रधानमन्त्री उम्मेदवारमा प्रचण्डलाई समर्थन गरेपछि बाहिरबाट होइन, आफ्नै दलबाट समेत आलोचना शुरु भएपछि यो निर्णय गर्न बाध्य भएको तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले बताए । उनले भने, ‘यसैपनि सविधान संशोधन नभइकन सरकारमा जाने पक्षमा हामी थिएनौ तर समर्थन गर्दैमा यस्तो आलोचनाहरु शुरु भयो कि प्रतिपक्षमै बस्नु पर्यो ।’
उनले भारतीय राजनीतिको उदाहरण दिँदै भने, ‘भारतको सिताराम यचुरीको कम्यूनिष्ट पार्टीले सत्तापक्षलाई समर्थन गरेर जहिले विपक्षमा बस्थे भने हामीले नेपालमा त्यस्तो प्रयोग किन नगर्ने ? हामी सरकारमा जानका लागि होइन, माग पूरा गराउनका लागि समर्थन गरेको हुनाले प्रतिपक्षमा बस्ने निर्णय गरेका हौं ।’
तीन महिनासम्मका लागि मात्र आफूहरुले समर्थन गरेको उल्लेख गर्दै उनले तीन महिनाभित्र मधेशी मोर्चा तथा संघीय गठबन्धनले राखेको माग पूरा भएन भने समर्थन फिर्ता लिने बताए ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सत्तापक्षलाई समर्थन गरेर प्रतिपक्षमा बस्ने यो प्रयोग भारतमा मात्र होइन, नेपालमा पनि रहेको बताए । ‘नारायणमान विजुक्छे अध्यक्ष नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्रीमा ओलीलाई समर्थन गरेपनि जहिल्यै प्रतिपक्षमा बस्नुहुन्थ्यो, लालले भने, ‘सरकारमा सहभागि नभएपछि जहाँ बसेपनि हुन्छ, हामीले सरकारका लागि होइन, माग पूरा गराउनका लागि समर्थन गरेको हुनाले प्रतिपक्षमै बस्दा राम्रो ।’
तर, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको धारणा अलि फरक छ । उनले भने, ‘मधेशीलाई अपमान गर्ने दल (एमाले) को पछाडी बस्न सकिदैन ।’ अहिले सरकारको प्रतिपक्षको बेन्चमा नेकपा एमाले बस्दै आएको छ ।
तमलोपा निकट तराई मधेश विद्यार्थी फ्रन्टले साउन २१ गते आफ्नो आठौं वर्षीक उत्सवमा आयोजित कार्यक्रम अध्यक्ष महन्थ ठाकुरले भने, ‘कही न कही हामीलाई बस्नु छ, हामी कसको पछाडी बसौं भन्ने आयो । जो हामीलाई जहिले हुमिलेट (अपमान) गरेको छ, त्यसको पछाडि बस्ने कि जसले हाम्रो माग सुनेको छ, त्यसको पछाडि बस्ने ? सरकारमा जाने नजाने अप्सन त जहिले पनि रही रहन्छ ।’
विपक्षमा बसे पनि सरकारमा जाने बाटो खुल्ला रही रहने बताउँदै उनले भने, ‘कुन अवसरलाई प्रयोग गर्ने त्यो प्रश्न रही रहन्छ । त्यसैले जसले हाम्रो समस्या सुन्न तयार भएको छ त्यसको साथमा बस्नुपर्छ ।’
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on