काठमाडौं– अर्घाखाँचिको सन्धिखर्कबाट प्युठानको बाछीकोट जाँदै गरेको यात्रुबाहक जिप हंसपुरको रतनमारेमा दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी चौकी हंशपुरले जनाएको छ ।
प्रहरीका अनुसार जिपमा १५ यात्रु सवार थिए । ६ जना यात्रु सामान्य घाईते भएका छन् ।
घाइते जनालाई छ जनालई सन्धिखर्क पठाइएको हंसपुरका चौकीका सई श्याम कुमार श्रिसले जानकारी दिए ।
रतनमारेको भिरबाट करिब ३० मिटर तल खोचमा जिप खसेको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी नवरत्न पौडेलले जानकारी दिए ।
0 comments:
Post a Comment