श्रीलंकाली क्रिकेटरमाथि हमला गर्ने ४ आतंकवादी पाकिस्तानमा मारिए
ले मारेको छ। श्निबार साँझ लाहोरको मनवान एरियामा भएको मुठभेडमा स्थानीय प्रहरीले ४ आतंकवादीलाई मारेका हुन्।
मारिने आतंकवादी एलईजे समूहसँग आवद्ध रहेको मानिन्छ। र, उनीहरू ७ वर्षअघि श्रीलंकाली खेलाडीलाई लाहोरमा आक्रमण गर्दा मुख्य अभियुक्त थिए। त्यतिबेला श्रीलंका भ्रमण बीचैमा स्थगन गरेर घर फर्किएको थियो। यसपछि पाकिस्तानमा विदेशीहरू क्रिकेट खेल्न डराउँदै आइरहेका छन्।
पंजाब पुलिसको अपराध निरोधक विभाग (सिआईडी) का अनुसार लाहोरको मनवान एरियामा दोहोरो भिडन्तमा ७ आतंकवादी मारिएका थिए। मारिएका मध्ये जुबेर उर्फ नाइक मोहम्मद, अब्दुल वहाब, अदनान अरसद र अतिकुर रहमानमाथि श्रीलंकाली खेलाडीलाई आक्रमण गरेको आरोप लागेको थियो। उनीहरूले सन् २००८ मा लाहोरको मुन मार्केटमा पनि आक्रमण गरेका थिए।
0 comments:
Post a Comment