एनजिओको रकम हिनामिना गर्ने २ जनालाई नेपाल प्रहरीको सिआईबीले पक्राउ गरेको छ ।
बुद्धिष्ट जनाधिकार मंच खालेर अमेरिका र मलेसियाबाट रकम जुटाई १ करोड ६७ लाख ७८ हजार ५ सय रुपैयाँ हिनामिना गर्ने बुढानिलकण्ठका सकुन शेरचन र सप्तरीका अमरकान्त चौधरी पक्राउ परेका हुन् । शेरचन संस्थाका अध्यक्ष र चौधरी महासचिव हुन् ।
भूकम्प पीडितलाई सो रकम वितरण गरेको भन्दै आफूहरुले लिएका थिए । सो संस्थाका पूर्व पदाधिकारीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि छानबिन गर्न सिआइबीलाई जिम्मेवारी दिइएको थियो ।
0 comments:
Post a Comment