Listen Radio Live

सुईको प्रयोगबाट हुने एचआईभी सङ्क्रमण दर ६८ प्रतिशतबाट घटेर ६.४ मा

सुईको माध्यमले लागूऔषध प्रयोग गरेर एचआईभी सङ्क्रमित भएकाको सङ्ख्या ६८ प्रतिशतबाट घटेर ६.४ प्रतिशतमा झरेको अध्ययनले देखाएको छ । 
 
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले छ महिना लगाएर गरेको एकीकृत जैविक तथा व्यावहारिक सर्वेक्षणमा उक्त तथ्याङ्क आएको केन्द्रका निर्देशक तरुण पौडेलले बताए । 
 
एचआईभी एड्सका विषयमा व्यापक जनचेतनामूलक कार्यक्रम, देशभर एचआईभीको औषधि खुवाउने संस्थाको वृद्धि, कण्डमको प्रयोगमा वृद्धिजस्ता कार्यक्रमले सुईद्वारा लागूऔषध लिँदा एचआईभी सर्ने खतराका बारेमा युवामा जनचेतना व्यापक रुपमा गरिएकाले यो प्रतिशतमा कमी आएको निर्देशक पौडेलले बताए । 
 
सूचना अधिकृत वीरबहादुर रावलका अनुसार सर्वेक्षणमा महिला यौनकर्मी, ट्रक डाइभर, लागुऔषध प्रयोगकर्ता, सडक बालबालिका, युवाहरु, सुईद्वारा लागुऔषध प्रयोगकर्तालाई सामेल गराइएको थियो । 
 
यसअघि यो अध्ययन सन् २००२ मा गरिएको थियो । उक्त समयमा सुईद्वारा लागुऔषधको प्रयोग दर ६८ प्रतिशत देखिएको थियो । रासस 
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on