लक्ष्मी विजले,
श्रावण २२ बैतडी
पौडी खेल्ने क्रममा खोलाले वगाउंदा बैतडीको दुर्गास्थान गाविसका एक बालक वेपत्ता भएका छन् । दुर्गास्थान गाविसका भरत वडका अन्दाजी १४ वर्षिय छोरा एसवन्त वड सलेना गाविस स्थित वागगोठ खोलाले वगाउंदा वेपत्ता भएको हुन् । आज दिउंसो १२ वजेतिर एसवन्तलाई खोलाले वगाएको हो । सलेना गाविस १ लोर्खा मामाघर आएका एसवन्त वेला साथीहरु सिह खोलामा पौडि खेल्न गएका थिए । पौडि खेलने क्रममा वेपत्ता भएको उनी अहिले सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी हवल्दा गोविन्द कुमार वोहराले वताउनुभयो । उनको खोजी कार्य गर्नका लागि प्रहरी टोली परिचालन गरिएको छ ।
0 comments:
Post a Comment