Listen Radio Live

पहिरोले तीन घर भत्किए ।।




लक्ष्मी विजले,
श्रावण २२ बैतडी
भिषण वर्षापछि पहिरो जाँदा बैतडीको तल्लादेही गाविसमा तीन घर भत्किएका छन् ।  पहिरोको कारण कैले जानकी शार्कि,  कैले शार्कि र मने शार्कि गरि तीन जनाको घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिजो विहान देखी आज विहान सम्म लगातार भएको भिषण वर्षा पछि आज विहान पहिरो जांदा तल्लादेही गाविस वडा नं. ८ का जानकी शार्किको दुई तला भएको ४ कोठे घर पूर्ण रुपमा भत्किएको प्रहरीले वताएको छ ।  घर भत्किदा घर भित्र रहेका दुई क्वीन्टल मकै, तीन क्वीन्टल गहुं, डेढ क्वीन्टल धान, लत्ता कपडा, भाडाकुंडा सबै पुरिएका छन् । प्रहरी मुचुल्का अनुसार ७ लाख वरावरको क्षेती भएको जिल्ला प्रहरी कायालयका प्रहरी हवल्दा गोविन्द कुमार वोहराले वताउनुभयो । यस्तै सोहि ठाउंका कैले शार्किको दुई तले ८ कोठे पक्की घर भत्किएको छ । आज विहान घर माथिवाट आएको पहिरोले घर भत्किदा ५ लाख वरावरको क्षेत्री भएको छ । यस्तै सोहि ठाउंका माने सार्किको चार कोठे घर भत्किदा ६ लाख वरावरको क्षेती भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रह बोहराले वताउनुभयो । घर भत्किएपछि उक्त तिन परिवार विस्थापित भएका छन् । पूरघाट प्रहरी चौकीवाट घटनास्थल गएको प्रहरी टोलीले उनीहरुलाई नजिकैको विद्यालयमा लगेर राखेको छ ।  जमिन भासिएपछि अंझैं ४५ घर परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । तल्लादेही गाविसको वडा ८ डाडाखाली भन्ने स्थानमा वसोवास गर्दै आएका ४५ परिवार पहिरोको उच्च जोखिममा परेका हुन् । सो आसपासको जमिन भासिएको प्रहरीले वताएको छ । घटना स्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ । यसैबीच गत २४ घन्टामा सतबाँझ, गुरुखोला, श्रीकोट, रौलेश्वर, भूमेश्वर, वसन्तपुर, हटैराज लगायत गाविसमा भारी वर्षा भएको छ । वर्षामापन केन्द्र सतबाँझका अनुसार पछिल्लो २४ घन्टामा ८१.७ मिमी वर्षा भएको छ ।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on