Listen Radio Live

खोलाले वगाउंदा फेरी एक १५ वर्षिय बालिका वेपत्ता ।।



लक्ष्मी विजले, 
श्रावण २३, बैतडी ।
आमा संगै मामाघरबाट घर फर्किने क्रममा खोलाले बगाउंदा बैतडीको मल्लादेही गाविसकी एक बालिका वेपत्ता भएकि छन् । 
मल्लादेही गाविस ४ कि विस्ना देवी जोशीकी १५ वर्षिय छोरी विमला जोशीलाई सिमपानी खोलाले बगाएको हो । 
महादेवस्थान गाविस वडा नं. ४ बाट मल्लादेही आउने क्रममा खोला तर्न खोज्दा आज दिउंसो करिव १ वजेतिर विमलालाई खोलाले वगाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आमा विस्ना देवी भने ज्यान जोगाउन सफल भएकी छन् ।
 विमलाको खोजीकार्यका लागि पूरघाट प्रहरी चौकीवाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख हरिओम खड्काले जानकारी दिनुभयो ।
 एता पौडी खेल्ने क्रममा खोलाले वगाउंदा वेपत्ता भएका दुर्गास्थान गाविसका बालक अंझैं भेटिएका छैनन् । भरत वडका अन्दाजी १४ वर्षिय छोरा एसवन्त वड सलेना गाविस स्थित वागगोठ खोलाले वगाउंदा वेपत्ता हिजो दिउंसो देखी वेपत्ता भएका थिए ।
  सलेना गाविस १ लोर्खा मामाघर आएका एसवन्त वेला साथीहरु सिह खोलामा पौडि खेल्न गएका थिए ।
 पौडि खेलने क्रममा वेपत्ता भएको उनी अहिले सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी हवल्दा गोविन्द कुमार वोहराले वताउनुभयो । 

Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on