लक्ष्मी विजले,
श्रावण २३, बैतडी ।
६ देखि ५९ महिनासम्मका बालबालिकाहरुलाई कुपोषण हुनवाट बचाउन बैतडीमा शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम लागु हुने भएको छ ।
स्वास्थ्य मन्त्रालयको सहयोगमा कुपोषण भएका बालबालिकाहरुको स्वास्थ्य सेवामा पहु‘च बृद्धि गराई समुदाय स्तरमै कुपोषणको रोकथाम तथा व्यवस्थापनका लागि कार्यक्रम संचालन गर्न लागिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा जिल्ला स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी खेमराज विष्टको अध्यक्षतामा आइतबार सम्पन्न शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन सम्वन्धी कार्यक्रममा यसवारे जानकारि दिइएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयको नियमित कार्यक्रम अनुसार सामान्य कुपोषण भएका वालवालिकालाई पोषण परामर्श र गम्भीर खालको कुपोषण देखा परेका वालवालिकालाई शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम अन्र्तगत दर्ता गरि उपचार गरिने कार्यक्रम संयोजक प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रममा वताईएअनुशार बैतडीको दुई प्राथमिक स्वास्थ्य केन्द्र र ६ स्वास्थ्य चौकी गरि ८ ठाउंवाट पहिलो चरणमा यस वर्ष कार्यक्रम लागु हुने छ ।
जिल्ला भर सेवा दिने गरि पाटन, मेलौली, हाट, सिद्धेश्वर, श्रीकोट, गोकुलेश्वर, थालाकाँडा र जोशीबुंगा स्वास्थ्यचौकीमा ओटीसी सेन्टर सञ्चालनमा आउनेछन्
उक्त ८ वटा सेन्टरमा उपचार हुन नसकेको बालबालिकाहरुलाई जिल्ला अस्पताल रिफर गरिने छ ।
शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम अन्र्तगत गाउं समुदायमै गई बालबालिकाहरुको अवस्था अध्यायन गरि कडा खालको कुपोषण भएकालाई उपचारात्मक खानाका साथै लिटो दिईने तथा नियमित स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिने गरिने उहांले वताउनुभयो ।
शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रमको माध्यमवाट शिघ्र कुपोषणको कारणले गर्दा पाँच बर्ष मुनिका बालबालिकाहरुमा हुने मृत्यु र मोर्बिडिटीको जोखिमलाई कम गर्ने, शिघ्र कुपोषणले ग्रसित बालबालिकाहरुको पुनःस्र्थापना गर्ने, शिघ्र कुपोषणवाट ग्रसित बालबालिकाहरुको अवस्था बिग्रिन नदिन आवश्यक सेवा प्रदान गर्ने तथा शिघ्र कुपोषणको कारणले हुने सुक्ष्म पोषणको कमिवाट बचाउन कार्यक्रम लागु गर्न लागिएको पराजुलीले वताउनुभयो । पूर्णस्तनपान, पूरक खाना, स्वास्थ्य सेवामा पहुँच, खानामा पोषक तत्वको अभाव जस्ता कारणले नेपाली बालबालिकामा शीघ्र कुपोषणको मात्रा बढी रहेको कार्यक्रममा वताईएको थियो ।
विश्वमा करिव १७ करोड बालबालिका कुपोषित रहेका छन भने बैतडीमा मात्रै ३.७ बालबालिकाहरुमा प्रतिशतमा कडा कुपोषण देखिएको छ ।
१५ प्रतिशत तौल बृद्धि नहँदा सम्म नियमित उपचार भन्दै सामान्य खालको कुपोषण भएकालाई भने स्थानिय खानाको प्रयोग, बनाउने र खाने तरीका लगायतका कुरा सिकाएर जनचेतना बढाएर कुपोषण न्युनिकरण गरिने जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट सन्तोष पाण्डेयले वताउनुभयो ।
कार्यक्रम संचालनका लागि जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी, हेल्थ पोष्ट ईन्चार्ज, स्वास्थ्य स्वयमसेवीका सबैलाई तालिम प्रदान गरिने छ ।
प्रत्येक केन्द्रमा सहयोगीका रुपमा एक जना कर्मचारी खटाईने वताईएको छ । नेपाल सरकारको स्वास्थ्य सम्वन्धी अन्य कार्यक्रम जस्तै यो कार्यक्रम पनि निरन्तर संचालन हुने भन्दै चालु आर्थिक वर्षमा कार्यक्रम संचालनका लागि जिल्लामा तालिम प्राप्त टिम खटाईने पाण्डेयले वताउनुभयो ।
कार्यक्रमलाई सञ्चालनका लागि आइआरएचडीटीसी नामक संस्थाले प्राविधिक सहयोग गर्ने उहांले वताउनुभयो । कार्यक्रमका सहभागिहरुले प्रभावकारी रुपमा कार्यक्रम संचालन गर्न सुझाव दिएका छन् । जिल्लामा सुआहारा, खाद्य सुरक्षा लगायत कार्यक्रम पनि संचालन रहेको भन्दै रुडेस बैतडीका कार्यकारी निर्देश गाविन्दराज जोशीले परिणाम देखिने गरि काम गर्न स्वास्थ्य कर्मीहरुलाई सुझाव दिनुभयो ।
स्थानीय विकास अधिकारी विष्टले कार्यक्रम प्रभावकारी वनाउन स्थानीय एफएम, पत्रपत्रिकाको परिचालन गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी दिपक कुमार आचार्य, शत्रुमर्दन गुल्मका गुल्मपति उज्जल वानिया, प्रहरी प्रमुख ईन्सपेक्टर हरिओम खड्का, अनुसन्धान प्रमुख रमेश डांगा, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, राजनीतिक दल, नागरिक समाज, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

0 comments:
Post a Comment