Listen Radio Live

साउदीमा ६० जना नेपाली अलपत्र


काठमाडौं, साउन २३- साउदीमा पाँच महिना देखि ६० जना नेपाली अलपत्र परेका छन् । रियादस्थित साउदी युनाइटेड कम्पनीमा कार्यरत नेपालीले काम र तलव नपाएका हुन् । 
गएको एक महिनाको मात्रै तलव दिएको र  त्यसपछि तलव नपाएको पीडित कामदारले बताएका छन् । अहिले ८ जना बस्ने कोठामा ३० जना बसेका छन् । नअटेका भवनको छतमा बसेका छन् ।खाना, खाजाको टुँगो छैन । आफूसँग भएको पैसा सकिएको र कम्पनीले पनि नदिएपछि विजोग भएको पीडित श्रीराम तिमल्सिनाले बताउनुभयो । 
ट्रिपल स्टार म्यानपावर कम्पनीमा प्रतिव्यक्ति एक लाख देखि एक लाख ५० हजार रुपैयाँ बुझाएर साउदी पुगेका उनीहरुले पहिलो महिनाको ५ सय देखि ७ सय रियाल सम्म तलव पाएका थिए । त्यसपछि कम्पनीले तलव दिएको छैन् । उक्त कम्पनी मालिकले विभिन्न कम्पनी खडा गरेर कामदार फसाउँदै आएको पीडितले बताएका छन् । पहिले साउदी अलमैदान र अल मसारी कम्पनीबाट कामदार लाने गरेको र कम्पनी बदनाम भएपछि साउदी युनाइटेडबाट लाने गरेको पाइएको छ । पीडित कामदारले तत्काल नेपाल फर्काउन वा अन्तै काम लगाइदिन आग्रह गरेका छन् । यता ट्रिपल स्टार म्यानपावर कम्पनीका सञ्चालक हरिकाजी गुरुङले सबै कामदार आफ्नो कम्पनीबाट नगएको र आफ्नो कम्पनीबाट गएका कामदारलाई अन्य कम्पनीमा सार्ने काम भैरहेको बताउनु भएको छ । 
उनीहरुलाई रेष्टुरेण्टमा सार्न म्यानपावरको मान्छे पुगि सकेको र केहि दिनमै अर्को कम्पनीमा सारिने बताउनु भएको छ । यस अघिको तलव दिलाउन पनि कम्पनीसँग कुरा गरेको तत्काल केहि रकम दिने र बाँकी रकम अलिक पछि दिने बताएको गुरुङले बताउनुभयो । 
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on