बैतडी, १९ भदौ ।
बैतडीको तल्लोस्वराडमा हिजो साँझ एक ४ बर्षिया बालिकाको चितुवाको आक्रमणबाट बेपत्ता भएकी छन् ।
बैतडीको तल्लोस्वराडमा हिजो साँझ एक ४ बर्षिया बालिकाको चितुवाको आक्रमणबाट बेपत्ता भएकी छन् ।
बेपत्ता हुनेमा उदयदेव २ कफाडीका हिरा चन्दकी छोरी अञ्जली चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक बाल नरसिंह राणाले जानकारी दिनुभयो । बालिकालाई हिजो साँझ करिब ८ बजेतिर आमाले आगनवाट भित्र लैजाने क्रममा एक्कासी आएको नरभक्षी चितुवाले आक्रमण गरेको उहाँले बताउनुभयो । आक्रमण पछी बेपत्ता बालिकालाई स्थानीय बासिन्दा र प्रहरीले खोजतलास गरिरहेको भए पनि यो समाचार तयार पार्दा सम्म बालिका फेला पर्न नसकेको प्रहरी नायव उपरीक्षक राणाले जानकारी दिनुभयो । प्रहरी सहायक निरीक्षक धन बहादुर खड्काको नेतृत्वकोे प्रहरीको टोलीले अहिले पनि बेपत्ता बालिकाको खोजी गरिरहेको उहाँले बताउनुभयो ।
यसअघि भदौ ४ गते पनि तल्लोस्वराडको उदयदेव ९ मकैल ब्याल्धमका हिरा चन्दकी ७ बर्षिया छोरी चञ्चला चन्दको चितुवाको आक्रमणवाट ज्यान गएको थियो । तल्लोस्वराडमा चितुवाको आक्रमणवाट ५ बर्षयता २१ जनाको ज्यान गइसकेको छ ।
यसैबीच तल्लोसोराडमा नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि आज जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बस्ने भएको छ । चितुवाले मानवबस्ती महिला तथा बालबालिका माथि लगातार आक्रमण गरिरहेको सन्दर्भमा बैठकले चितुवा नियन्त्रणका लागि ठोस निर्णय लिने अपेक्षा गरिएको छ । बैठकमा चितुवा नियन्त्रणका लागि अपनाउन सकिने सबै उपायका बारेमा छलफल हुने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो । चितुवा प्रभावित क्षेत्रमा संयुक्त सुरक्षाकर्मीको टोली खटाउने तयारीसमेत भइरहेको राणाले बताउनुभयो ।
उता तल्लोसोराडका स्थानीय बासिन्दाहरुले भने स्थानीय प्रशासनको चर्को आलोचना गरेका छन् । नरभक्षी चितुवाले लगातार रुपमा मानिस माथि आक्रमण गरिरहेको भएपनि प्रशासन मुकदर्शक भएर बसेको स्थानीयहरुको आरोप छ । आफूहरुको सुरक्षामा राज्यले चासो नदिएको उदयदेवका स्थानीय विरेन्द्र महताले आरोप लगाउनुभयो । २०६८ साल यता चितुवाले २१ भन्दा बढीको ज्यान लिइसक्दा समेत राज्य मौन बसेको भन्दै तल्लोसोराडबासी आक्रोशित भएको उहाँले बताउनुभयो ।
0 comments:
Post a Comment