Listen Radio Live

हावाबाट बिजुली निकाल्ने योजना लगानी बोर्डद्वारा रद्ध

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चामा ल्याएको हावाबाट बिजुली निकाल्ने योजना लगानी बोर्डले रद्ध गरिदिएको छ। 
 
आइतबार लगानी बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले गत जेठमै हावाबाट बिजुली निकाल्न लगानी बोर्डमा परेको प्रस्ताव रद्ध गरिएको बताए। ‘त्यो कम्पनीले हावाबाट बिजुली निकाल्न सक्ने देखिएन’ अधिकारीले भने ‘अरु कुनै कम्पनीले नयाँ तरिकाले हावाबाट बिजुली निकाल्ने प्रस्ताव ल्याए सोच्न सकिन्छ। यसअघिको योजना रद्ध भइसकेको छ।’
 
बेलायतमा बस्ने  बसन्तबहादुर भुजेल दम्पत्तिको  कम्पनी ‘द गुर्खाज युके’ले  हावाबाट बिजुली निकाल्ने प्रस्ताव गरेपछि पूर्व प्रधानमन्त्री ओलीले तीन वर्षभित्र हावाबाट तीन हजार मेगावाट बिजुली निकालिने सार्वजनिक भाषण गरेका थिए।
 
२०७२ पुस १७ गतेको मन्त्रिपरिषदले बैठकले  ‘द गुर्खाज युके लिमिटेड’ले हावाबाट तीन हजार मेगावाट बिजुली निकाल्ने प्रस्तावका बारेमा प्रक्रिया अगाडि बढाउने लगानी बोर्डलाई निर्देशन दिएको थियो।
 
पूर्व प्रधानमन्त्री ओलीलाई अति उत्साही हुने गरी हावाबाट तीन हजार मेगावाट बिजुली निकाल्ने प्रस्ताव ल्याएको ‘द गुर्खाज युके प्रालि’ कम्पनीको आर्थिक हैसियत नभएको सार्वजनिक भएपछि सो कुरामा  शंका उत्पन्न भएको थियो।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on