Listen Radio Live

हट्ने भयो नेपाली क्रिकेटमा लगाइएको प्रतिबन्ध

काठमाण्डु, १९ भदौ– लामो समयदेखि क्रिकेट सङ्घको विवाद समाधान गर्न नेपाल क्रिकेट सङ्घ क्यान विघटन गरी नेपाल क्रिकेट विकास बोर्ड गठन गरिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीसँग नेपाल भम्रणमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का कार्यकारी अधिकृत डेभिड रिचार्डसनसहित तीन सदस्यीय प्रतिनिधमण्डलको आज भएको छलफलपछि बोर्ड गठन गर्ने सहमति भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्रीले नेपालमा क्रिकेटको लोकप्रियता बढ्दो क्रममा रहेको र आइसिसीले क्यानमा प्रतिबन्ध लगाएका कारण क्रिकेट क्षेत्र समस्या परेकाले प्रतिबन्ध खोल्न आग्रह गरेका थिए ।
छलफलमा अहिलको कायम रहेको क्यान विघटन गरी छ सदस्यीय बोर्ड गठन गर्ने सहमति भएको भेटमा सहभागी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले जानकारी दिए।
तत्काललाई बोर्डको सल्लाहकार सदस्यको नाम आज वा सोमबारसम्ममा टुङ्गो लाग्ने गरी काम अगाडि बढाइएको उनको भनाइ छ ।
तीन महिनाभित्र बोर्डले पूर्णता पाउने र पूर्ण सदस्यको चयन गरिने बताइएको छ । बोर्ड गठन भएलगत्तै आइसिसीले नेपाली क्रिकेटमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउने र दिँदै आएको आर्थिक लगायत अन्य सहयोग पुनः दिइने कार्यकारी निर्देशक रिचार्डसनले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on