Listen Radio Live














मिलनप्रकाश ढुङ्गाल/कार्तिक १९, बैतडी ।
अहिलेसम्म सडक सञ्जालले नछोएको बैतडीको १२ नम्बर ईलाकालाई विशेष आरक्षण क्षेत्रकोरुपमा तल्लादेही डिलाशैनी गाउपालिका गठन गर्न स्थानियले माग गरेका छन् । सामाजिक, राजनीतिक, शैक्षिक हिसावले जिल्लाकै विकट ईलाका नम्बर १२ लाई विशेष आरक्षण क्षेत्र बनाउन त्यस क्षेत्रका स्थानियले पुर्नसंरचना प्राविधिक सहयोग समितिलाई आग्रह गरेका छन् ।
उनीहरुले मौजुदा तल्लादेही, विजयपुर, मठैराज, रिम, कटौजपानीको वडा नम्बर ४,५,६,७ र ८ तथा मल्लादेहीको २,३,४,५ र ८ नम्बर वडाहरु समेटेर प्रस्तावित तल्लादेही डिलाशैनी गाउपालिकाको माग गरेका छन् । त्यस क्षेत्रको जनसंख्या १८ हजार ९ सय रहेको छ । उक्त गाउपालिकाको केन्द्र तल्लादेहीमा राख्ने गरी पूर्वमा मल्लादेहीको लामुनीगाड, पश्चिम कटौजपानीको कफलानगाड, रिम मठैराजको ढणाली गाड र विजयपुरसहितको सीमा भगौलिक रुपमा मिलेको धार्मिक सांस्कृतिकरुपमा पनि एकरुपता रहेकाले छुट्टै विशेष आरक्षण क्षेत्र तोक्न प्राविधिक समितिलाई माग गरेका छन् ।


तल्लादेही, मठैराज, विजयपुरलाई अहिले प्रस्तावित हाट नगरपालिकामा गाभेपछि असहमित जनाउदै उनीहरुले संघर्ष समिति पनि गठन गरेका छन् । तल्लादेही, विजयपुरदेखि हाटसम्म पुग्न लाग्ने पैदन दुरी मापदण्ड विपरित हुने र त्यस क्षेत्रका जनतामाथि अन्याय हुने भन्दै विकट ईलाका नम्बर १२ लाई छुट्ट्ै आरक्षण क्षेत्रका रुपमा स्थापित गर्न त्यसक्षेत्रका स्थानियको   जोडदार माग गरेका छन् । विकट क्षेत्रका जनताको भावना विपरित उनीहरुमाथि अन्याय हुनेगरी पुर्नसंरचना गरिए कडा संघर्षमा जाने गाउपालिका स्थापना संघर्ष समितिका संयोजक धन बहादुर विष्टको चेतावनी छ ।
स्थानिय चुनाव बहिष्कार गर्ने, अनसन बस्ने जस्ता संघर्षका कार्यक्रमलाई संसक्त ढंगले अगाडि बढाउने उनहिरुको चेतावनी छ ।  शिक्षा, स्वास्थ्य, पानी ढलान, बनजंगल लगायतका विविध पक्षहरु एकअर्कामा निर्भर रहेकाले ति गाविसहरुलाई नटुक्र्याउन तल्लादेहीका स्थानिय शिक्षक तथा डिलाशैनी मन्दिर व्यवस्थापन समिति अध्यक्ष धन बहादुर बोहराले आग्रह गर्नुभयो ।
यसैविच, प्रस्तावित १० तहको खाकाप्रति जिल्लाका विभिन्न ठाउँका नागरिकले असहमति जनाएका छन् । पहिलो चरणमा आयोगले बैतडीमा ७ ओटा स्थानीय तह हुने भनेपछि दोश्रो पटक १० सम्म स्थानीय तह बनाउन सकिने हिसाबले कार्यविधि तय गरेको थियो ।उक्त कार्यविधि अनुसार बैतडीमा ३ ओटा नगरपालिका र ७ ओटा गाउँपालिकाको प्रस्ताव गरिएको भएपनि सो प्रस्ताव प्रति केही गाविसका नागरिकले विरोध जनाएका छन् । पुर्नसंरचनाबारे एक हप्तादेखि छलफल चलाइृ रहेको स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले शनिवार पनि बृहत सर्वदलिय सर्वपक्षिय भेलामा यसवारे छलफल चलाउने जनाएको छ ।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on