लक्ष्मी बिजले
बैतडीको गोठालापानीमा आज बिहान दशरथचन्द नगरपालिकाको ट्याक्टर पल्टेको छ । बजारमा रहेको फोहर संकलन गरिरहेको बेला ट्याक्टर पल्टेको दशरथचन्द नगरपालिकाका सुचना अधिकारी बिनोद बहादुर चन्दले बताउनुभयो । अपि गेष्टहाउस नजिकै गडी आउने सडकबाट ट्याक्टर पल्टेर राष्ट्यि बाणिज्य बैंक नजिक परेको थियो । ट्याक्टर पल्टिदा चालक अनिल नेगी घाइते भएका छन भने ट्याक्टरमा क्षती पुगेको छ । घाइते चालकलाई उपचारको लागि भारत पिथौरागढ लगिएको नगरपालिकाले जनाएको छ ।
0 comments:
Post a Comment