काठमाण्डौ-भदौ ८, २०७३ वर्तमान सरकारमा नयाँ शिक्षामन्त्री आउनासाथ स्थायी शिक्षक पदपुर्तिका लागि विज्ञापन खुल्ने भएको छ । शिक्षा मन्त्रालयले २८ हजार शिक्षकका लागि चार किसिमबाट स्थायी शिक्षक नियुक्त गर्ने भएको हो । एक वर्षभित्र अस्थायीका लागि आन्तरिकदेखि खुला विज्ञापन गरिने भएको हो । २०४९ सालदेखि अहिलेसम्म रिक्त रहेको दरबन्दीमा चार समयमा विभाजन गरी विज्ञापन गर्न लागेको हो ।
अब निकालिने विज्ञापनमा २० पुस २०४९ भन्दा अघि अस्थायी नियुक्त भई अहिलेसम्म नियमित रूपमा सेवा गरिरहेका शिक्षकका लागि आन्तरिक विज्ञापन हुने भएको छ ।
२० पुस २०४९ देखि २१ साउन ०६१ सम्म रिक्त भई पदपूर्ति हुन नसकेको दरबन्दीमा सोही मितिसम्म अस्थायी शिक्षकका रूपमा नियुक्त वा आधारभूत तह तथा प्राथमिक शिक्षा परियोजनाअन्तर्गत नियुक्त भई नियमित रूपमा कार्यरत शिक्षकका लागि आन्तरिक विज्ञापन गर्ने तयारी भएको छ । त्यस्तै २२ साउन २०६१ पछि २ असोज २०७२ सम्मको रिक्त पदको ४९ प्रतिशत पदमा त्यस्तो दरबन्दी वा सो दरबन्दीमा अस्थायी वा सट्टा शिक्षकका रूपमा निरन्तर कार्यरत अस्थायी शिक्षकका लागि आन्तरिक विज्ञापन गर्ने तयारी भएको छ ।
२२ साउन २०६१ पछि संविधान जारी हुनुभन्दा अघिल्लो दिन २ असोज ०७२ सम्मको रिक्त पदको ५१ प्रतिशत पदमा खुला विज्ञापन गर्ने तयारी गरेको छ । त्यसैगरी, २० पुस २०४९ भन्दा अघि अस्थायी नियुक्त भई अहिलेसम्म नियमित रूपमा सेवा गरिरहेका शिक्षकका लागि गरेको आन्तरिक विज्ञापन, २० पुस २०४९ देखि २१ साउन ०६१ सम्म रिक्त भई पदपूर्ति हुन नसकेको दरबन्दीको लियन पदमा सोही मितिसम्म अस्थायी शिक्षकका रूपमा नियुक्तिका लागि गरेको विज्ञापन तथा २२ साउन २०६१ पछि २ असोज २०७२ सम्मको रिक्त पदको ४९ प्रतिशत पदमा हुने विज्ञापनमा भाग नलिई सुविधा लिएर अवकाश लिएका शिक्षकको दरबन्दीमा समेत खुला विज्ञापन हुने भएको छ ।

अस्थायी शिक्षकका सुविधा ऐनमा समावेश
अस्थायी शिक्षकका लागि दिने सुविधासमेत शिक्षा ऐनमा समावेश गरिएको छ । अस्थायी शिक्षकका अन्तिम एकपटकका लागि शिक्षा ऐनको आठौा संशोधन भएको एक वर्ष्भित्र छुट्टाछुट्टै विज्ञापन गरी काम सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ । स्थायी प्रतिस्पर्धामा भाग नलिई सेवाबाट बाहिरिन चाहने शिक्षकले स्थायी विज्ञापनको दरखास्त दिने अन्तिम मितिअघि नै जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था छ । स्थायी शिक्षकमा प्रतिस्पर्धा नगर्ने शिक्षकलाई उनीहरूले सेवा गरेको समयअनुसार सुविधा दिने व्यवस्था ऐनमा छ ।
पाँचदेखि १० वर्ष सेवा गरेका शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्षको अन्तिम महिनाको आधा महिनाको तलबबराबर हुन आउने रकम दिने व्यवस्था छ । त्यसैगरी, १० देखि १५ वर्षसम्म सेवा गरेका शिक्षकका लागि उसले काम गरेको प्रत्येक वर्षको अन्तिम एक महिनाबराबर हुन आउने रकम र १५ वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्षको आखिरी डेढ महिनाको तलबबराबर हुन आउने रकम दिने व्यवस्था गरिएको छ ।

0 comments:
Post a Comment