Listen Radio Live

नेपाल भर्सेस नेदरल्याण्ड्स : १० विकेट ९४ रन, ६ चौका, सर्वाधिक रन २०

काठमाडौं, साउन २९ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले ३८ ओभर १ बलमा १० विकेट गुमाएर ९४ रन बनाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालको पहिलो विकेट ज्ञानेन्द्र मल्ल ११ रन बनाएर बोल्ड आउट भए । यस्तै अनिल मण्डल ३९ बलमा २० रन बनाएर आउट भए । कप्तान पारस खड्का बिना रन आउट भएपछि नेपालको ब्याटिङ धर्मराएको थियाे । सागर पुन ७ रन र राजु रिजाल ३ रन बनाएर आउट भए । विनोद भण्डारी १९ बलमा ९ रन बनाएर आउट भए । शरद भेषावकर ७१ बलमा १४ रन बनाएर आउट भए । यस्तै सोमपाल कामी २८ बलमा १२ रन,  सन्दिप लामिछाने १ रन र करण केसी बिना रन आउट भए । 
नेदरल्याण्डसका मिचेल रिप्पोन र भ्यान डर गगटेनले ३/३ विकेट लिए । यस्तै भ्यान डर मर्वीले २ साथै मुदासार बुखारी र भ्यान मिकिरेनले १/१ विकेट लिए ।
प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । अहिलेसम्म खेलेका ६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ । ६ खेलमा चार खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ । 
यसअघि भएका पहिला चार खेलमा नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भयो । काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो । 
गएको बिहीबार भएको अभ्यास खेलमा पनि नेपाली टोली नेदरल्याण्ड्स ‘ए’ सँग ८८ रनमै अलआउट भएको थियो । नेपालले नेदरल्याण्ड्ससँग दोस्रो खेल सोमबार खेल्नेछ ।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on