Listen Radio Live

गोईचडा गाँउका किसान तरकारी खेतीमा ।।

लक्ष्मी विजले,
श्रावण २९,बैतडी
बैतडीको ग्वाल्लेक गाविस वडा नं. २ गोइचडाका किसान बेमौसमी तरकारी खेतीमा लागेका छन । कृषि सहकारीमा आवद्ध भएका गाँउका ८२  जना किसान तरकारी खेतीमा लागेका हुन । पाँच बर्ष अघि सिद्धबाबा कृषि सहकारी गठन गरी तरकारी फलाउन थालेका स्थानिय किसान अहिले व्यवसायिक रुपमा तरकारी खेतीमा लागेका हुन । 
उत्पादन भएको तरकारी बजारीकरणको जिम्मा सहकारीले लिएपछि स्थानिय किसान तरकारी फलाउन हौसिएका छन् । 
फलाएको तरकारी सहकारीले संचालन गरेको संकलन केन्द्रमा पुर्याउने गरेको उनीहरुले वताएका छन् ।  संकलन केन्द्रमा जम्मा भएको तरकारी बजारसम्म पुर्याउने जिम्मा सहकारीले लिएको छ । पहिला पहिला बजारसम्म बोकेर लैजान र बिक्री गर्न समस्या हुने तथा बजार भाउ थाहा नहुदाँ ब्यापारीले किसानलाई ठग्ने गरेका थिए । 
 अहिले सहकारीले तरकारी लिन थालेपछि सजिलो भएको स्थानिय विष्णुदत्त पाण्डेयले वताउनुभयो । किसानले जती फलाउछन सबै सहकारीले बजारको जिम्मा लिन्छ । किसानलाई उचित मुल्य दिइन्छ । आफैले बजार लगेर बेचेको भन्दा बढी मुल्य पाएपछि किसानलाई बढी फाइदा भएको सहकारीका अध्यक्ष वाशुदेव पाण्डेयले बताउनुभयो । 
उहांले ९ रोपनी खेतमा तरकारी खेती गर्नुभएको छ । यही तरकारी उहांको आम्दानीको स्रोत बनेको छ ।
 स्थानिय किसानले गोलभेडा, काउली, गोभी, सिमी, भण्टा, रायो, मुला, काक्रो लगायतका तरकारी लगाउने गरेका छन ।
  सहकारीले स्थानिय किसानलाई बिउ विजन, कृषि औजारदेखी तालिमको समेत व्यवस्था गर्ने गरेको छ । 
कृषि सहकारीले तरकारी उत्पादनको क्षेत्रमा सफलता पाएसँगै सहयोग गर्ने निकाय पनि बढन थालेको सहकारीका व्यवस्थापक धर्मानन्द पाण्डेयले जानकारी दिनुभयो ।
 किसानको मिहेनत देखेर कृषि विकास कार्यालयले पनि किसानहरुलाई विभिन्न क्षेत्रमा सहयोग गर्न थालेको कृषि विकास कार्यालयका सुचना अधिकारी कर्णबहादुर चन्दले बताउनुभयो  ।
 एडिबीको आर्थिक सहयोगमा साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाले समेत स्थानिय किसानलाई अनुदान उपलब्ध गराएको छ । 
स्थानिय किसानहरुको तरकारी खेती प्रतिको आकर्षणलाई मध्यनजर गर्दै आयोजनाले बेमौसमी तरकारी उत्पादन तथा बजारीकरणको लागि अनुदान उपलब्ध गराएको परियोजना साझेदार  साडा जेवी स्वीटका कार्यक्रम संयोजक यज्ञराज भट्टले बताउनुभयो ।
 परियोजनाले सहयोग गर्नुअघि संस्था व्यवस्थापन तथा  सहकारीमा  आवद्ध किसान परम्परागत रुपमा मात्र तरकारी खेती गरी रहेका थिए । 
ब्यवसायिक तरकारी खेती उत्पादन बारे जानकारीको अभाव ब्यवसायिक तरकारी उत्पादनका लागी आवश्यक पर्ने प्राबिधिक ज्ञान तथा सीपको अभावले गर्दा स्थानिय किसानको आयस्तर बढन सकेको थिएन । 
अहिले स्थानिय किसान प्लाष्टिक टनेलमा तरकारी खेती गर्न थालेका छन । मौसमी र बेमौसमी तरकारी फलाएर आयस्तर समेत वृद्धी भएको स्थानिय बताउछन ।  
एक बर्षको अवधीमा गोलभेडा ५५ टन, काउली ३५ टन र बन्दा ४५ टन  बिक्री गरेर ४१ लाख ८८ हजार ५ सय आम्दानी  गरी मोटामोटी  दश लाख जती नाफा कमाउन सफल भएको सहकारीका अध्यक्ष पाण्डेयले जानकारी दिनुभयो ।

Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on