Listen Radio Live

पत्रकार महासंघ सप्तरीको भवन सदभावना पार्टीद्वारा कब्जा, मधेस आन्दोलनको आडमा अराजकता मच्चाइएको ठहर


२३ साउन, काठमाडौं । मधेसी मोर्चा आबद्ध नेपाल सदभावना पार्टीले सप्तरी जिल्लास्थित नेपाल पत्रकार महासंघको भवन कब्जा गरेको भन्दै महासंघ पदाधिकारी गुहार माग्न काठमाडौं आइपुगेका छन् ।
FNJ-Saptari-Building
राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले कब्जा गरेको नेपाल पत्रकार महासंघ सप्तरीको भवन
राजविराजस्थित पत्रकार महासंघको नवनिर्मित भवनमा महासंघको कार्यालय सर्न नपाउँदै सदभावना पार्टीले अनधिकृत रुपमा कब्जा जमाएको हो ।
मधेसी मोर्चाले यसअघि आन्दोलनका बेला त्यहाँका पत्रकारलाई धम्की दिँदै आएको थियो । मोर्चाको धम्कीकै कारण महासंघका जिल्ला अध्यक्ष प्रकाश खतिवडा सहितका पदाधिकारीले केही समय जिल्ला छाड्न बाध्य भएका थिए ।
यसैबीच नेपाल पत्रकार महासंघले कार्यालय भवन राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले अनधिकृत रुपमा कब्जा गरेको भन्दै आपत्ति जनाएको छ ।
महासंघका महासचिव उजिर मगरले कब्जा कार्यालय तुरुन्त छाड्न ध्यानाकर्षण गराएका छन् । महासंघले विज्ञप्ति जारी गरी सो घटनाको सत्य तथ्य छानविन गरी दोषीमाथि कारवाहीको माग समेत गरेको छ ।
महासंघ भवन कब्जा भएकोमा जिल्ला शाखाले बिरोध जनाएको थियो ।
मधेसी मोर्चाको आन्दोलनको आडमा पत्रकारमाथि नै दुर्व्यवहार गर्ने र नश्लवादी ढंगले प्रस्तुत हुन खोजेपछि आफूहरु कानुनी उपचारका लागि जुटेको जिल्ला सचिव ओमप्रकाश साहले बताए । सदभावनाका केही नेताले महासंघको भवन भाडामा लिएको दावी गरे पनि महासंघले भाडामा दिने निर्णय नै नगरेको उनले बताएका छन् ।
सचिव साहले जारी गरेको विज्ञप्तिमा आजसम्म महासंघको बैठक नबसेको र कार्यालय भवन भाडामा लगाउने कुनै निर्णय समेत नभएको उल्लेख छ ।
मधेस आन्दोलनको आडमा अराजकता मच्चाएर केही दल र तीनका नेताहरुले सप्तरीमा पत्रकार तथा मानवअधिकारकर्मीहरुमाथि दुर्व्यवहार गरेको समेत महासंघले जनाएको छ ।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on