Listen Radio Live

सरस्वतीले तोडिन् २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान

 काठमाण्डाैँ १९ - नेपालकी सरस्वती भट्टराईले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेकी छिन्। उनले रियो ओलम्पिकमा शनिवार बिहान ५ बजेर १५ मिनेटमा भएको १५ सय मिटर मध्यदुरीको दौडमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। 
१ हजार ४९ नम्बरको ‘बिफ’ मा देखिएकी सरस्वती पहिलो हिट्समा १३ औं स्थानमा रहँदै ४ मिनेट ३३ दशमलब ९४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भइन्। यसअघि राष्ट्रिय कीर्तिमान राजकुमारी पाण्डेको नाममा थियो।
राजकुमारीले सन् १९९० को एसियन गेम्समा ४ मिनेट ३४ दशमलव ४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
सरस्वतीको यसअघि १५ सय मिटरमा उत्कृष्ट समय ४ मिनेट ४० दशमलव १५ सेकेन्डको थियो। सरस्वती लेन नम्बर ७ मा विश्व कीर्तिमानधारी इथोपियाकी गेन्जेबा डिबाबासँग दौडिएकी थिइन्।
यो हिट्समा ४ मिनेट १० दशमलव ६१ सेकेन्डमा दौडिएकी डिबाबा पहिलो हुँदै दोस्रो चरणमा प्रवेश गरिन्। यस्तै आयरल्यान्ड, अमेरिका, अस्ट्रेलिया, पोल्यान्ड, जर्मनीका धाविका दोस्रो चरणमा प्रवेश गरे।
सरस्वतीले अफ्रिकाको साओ टोमे एन्ड प्रिन्सिपे देशकी क्लेमा बोन्फिम डे गार्सियालाई पछाडि छोडेकी हुन्। साओ टोमे देश सन् १९९६ को एट्लान्टा ओलम्पिकदेखि ओलम्पिकमा सहभागी हुँदै आइरहेको छ।
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on