Listen Radio Live

गगन थापालाई सिंहदरबार बोलाएर प्रचण्डले दिए यस्तो निर्देशन

काठमाण्डु, १९ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सशस्त्र युद्धका क्रममा घाइते भएकाको नुःशुल्क उपचार व्यवस्था मिलाउन स्वास्थ्यमन्त्री गगनकुमार थापालाई निर्देशन दिएका छन् ।

आइतबार सिंहदरबार बोलाएर थापालाई प्रचण्डले घाइते उपचारको प्रक्रिया तत्काल थाल्न निर्देशन दिएका हुन् । भेटमा स्वास्थ्य सचिव डा। सेनेन्द्रराज उप्रेती पनि सहभागी थिए । प्रधानममन्त्रीको निजि सचिवालय स्रोतका अनुसार प्रचण्डले वीर अस्पतालका घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन मन्त्री थापालाई निर्देशन दिएका हुन् । शान्ति प्रक्रियाको १० वर्ष बित्दासमेत घाइतेले उपचार नपाउनु बिडम्बना भन्दै प्रचण्डले गम्भीरतापूर्वक काम गर्न निर्देशन दिए ।
‘घाइतेको उपचार पनि शान्ति प्रक्रियाकै एउटा जिम्मेवारी हो । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका जनसम्पर्क सल्लाहकार रामदीप आचार्यले भने, ‘छिटोभन्दा छिटो घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुस् ।’
त्यसक्रममा प्रधानमन्त्रीले यसअघि घाइते परिचयपत्र बनाउनबाट बञ्चित भएकाहरुको विवरण संकलन गरी परिचयपत्र वितरणका लागिसमेत निर्देशन दिए ।
जवाफमा मन्त्री थापाले घाइतेको उपचारका लागि कुनै कसर बाँकी नराखी काम गर्ने प्रतिबद्धता जनाए ।
गतसाता मात्र सशस्त्र द्धन्द्धका घाइते पूर्वलडाकुले प्रचण्डलाई भेटी घाइतेहरुको उपचार व्यवस्था मिलाउन आग्रह गरेका थिए
Share on Google Plus

About Mahendra

0 comments:

Post a Comment

Computer Sansar

Computer Sansar
Log on